सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा हिनामिना गरेको अभियोगमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गा व्यक्ति विशेष तथा संघ–संस्थालाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम नभएको देखिएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले समितिका तत्कालीन अध्यक्षलगायत पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा समितिका प्लट घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरीमा अनुसन्धान गरेको थियो।
समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मी, अन्य पदाधिकारी, कर्मचारी तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत बिक्री हुँदै हाल कायम जग्गाधनीको हकमा समेत बिगोसहितको सजायको माग दाबी लिई आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
