उत्पादन लागतसमेत नउठ्ने भएपछि किसानले चिराइतोको खेती गर्न छाडे। जसका कारण अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने घट्दै गएको छ। अहिले प्रतिमन ४५ हजार रुपैयाँमा बिक्री भइरहेको छ।
फुङ्लिङ– पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रूपमा बढ्दै गएको छ। तर उत्पादन भने घट्दै गएको छ। कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन। किसानले लगाएको चिराइतोको मूल्य समेत पाउन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए। अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ।
फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे। भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोला पुर्याउँथे। ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चीनतर्फ निर्यात हुन्थ्यो। तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो। तर कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन। नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन।
विगतमा ३५ मन चिराइतो बिक्री गर्थे। तर गत वर्ष सात मन मात्र बिक्री गरे। अहिले भने प्रतिमन ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको किसान लिम्बूले बताए। “लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन्। हामी थोरैले मात्र यसो औषधीका लागि खेती गर्दै आएका छौँ,” उनले भने। सुङसाबु गाउँमा विगतमा १०० मनभन्दा बढी चिराइतो उत्पादन हुन्थ्यो। तर यस वर्ष भने ४५ मनको हाराहारीमा मात्रै उत्पादन भएको छ।
फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिराइतो बेचेको बताए। कोभिड महामारीका बेला ६० रोपनी जग्गामा खेती गरेका उनले प्रतिकिलो एक हजार १२५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरे। फक्ताङलुङ–७ का व्यवसायी टाँसी शेर्पाले ५० मन चिराइतो संकलन गरेर झापाको बिर्तामोडमा लगेर बिक्री गरे। उनका अनुसार अहिले ताप्लेजुङमा प्रतिमन ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ।
चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ रुपैयाँ राजस्व बुझाउनुपर्छ। चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार ८२० किलो चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ। सोबापत ८७ हजार ३०० रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष पाँच हजार ८०० किलो उत्पादन भएको थियो। ८७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
ताप्लेजुङमा आव २०७७/०७८ मा १६ हजार ३०० किलो चिराइतो संकलन भएको थियो। चिराइतो उत्पादनमा क्रमिक घट्दै गएको देखिन्छ। चिराइतो संकलन गरेर बजार पुर्याउन अनेक झन्झट रहेको व्यवसायी बताउँछन्। झार वर्गको यो वनस्पति संकलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ। तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रिन्छ। पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन्। दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसानको भनाइ छ ।
नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो निर्यात हुन्छ। यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने तथ्यांकले जनाएको छ। बाँकी चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलंका, बांग्लादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ।
वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
