चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन्। मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले बिक्रीमा समस्या भएको उल्लेख गरेका छन्।
भरतपुर– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन्।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको उल्लेख गरे। “अहिले नेपालमा दूध बढी उत्पादन हुने समय हो। अहिले खपत हुन नसकेको दूध पाउडर वा बटर बनाएर राखौँ। फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन,” मन्त्री भुसालले भने।
भण्डारण भएर रहेको पाउडर दूध बिक्री भएपछि किसानको बाँकी रकम भुक्तानी प्रदान गरिने उनको भनाइ छ। “फागुन लागेपछि भण्डारण भएको दूध बिक्री हुन्छ। त्यसपछि किसानले रकम पाउनुहुन्छ,” मन्त्री भुसालले भने, “अहिले पनि केही रकम त पाइरहनुभएको छ। बाँकी फागुनभित्रमा पाउनुहुन्छ।”
चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन्। भण्डार भएको दूध बिक्री नभएपछि चितवन मिल्क उद्योग बन्द भएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
