बोरिस नादेजदिन युक्रेनमा पुटिनको युद्धका कट्टर विरोधी र आलोचक पनि हुन्।
रुसको निर्वाचन आयोगले आगामी महिना हुन लागेको राष्ट्रपतिको चुनावमा भ्लादिमिर पुटिनलाई चुनौती दिने बोरिस नादेजदिनको उम्मेदवारी अस्वीकार गरेको छ।
बोरिसले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन्। उनी युक्रेनमा पुटिनको युद्धका कट्टर विरोधी र आलोचक हुन्।
निर्वाचन आयोगका अनुसार बोरिसको आवेदन फारममा १५ प्रतिशत हस्ताक्षरमा त्रुटि रहेको छ। बोरिस नादेजदिनले निर्वाचन आयोगको यो दाबीलाई चुनौती दिने प्रयास गरे तर उनको उम्मेदवारी अस्वीकार गरियो। बोरिसले भने आयोगको यस निर्णयलाई सर्वोच्च अदालतमा लैजाने बताएका छन्।
केन्द्रीय निर्वाचन आयोगले नादेजदिनले संकलन गरेका ९ हजारभन्दा बढी हस्ताक्षर अवैध रहेको बताएको छ। उम्मेदवार बन्न कम्तीमा एक लाख हस्ताक्षर चाहिन्छ।
रुसमा आउँदो मार्च १५ देखि १७ सम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ। यस निर्वाचनमा कसले उम्मेदवार बन्ने भन्ने अन्तिम निर्णय शनिबार हुनेछ। रुसी केन्द्रीय निर्वाचन आयोगकी प्रमुख एला पाम्फिलोभाले अहिलेसम्म ४ जनाको उम्मेदवारी दर्ता भएको बताएकी छन्। ती उम्मेदवारलाई क्रेमलिनका समर्थक उम्मेदवार मानिएको छ।
निर्वाचन आयोगको यो कदमले राष्ट्रपति पुटिनलाई पाँचौं कार्यकालको सत्ता जित्नको लागि अझ सहज बाटो प्रदान गरेको छ। राष्ट्रपति पुटिनले ती उम्मेदवारहरूको प्रतीकात्मक विरोधको मात्रै सामना गर्नुपर्ने छ। यसरी रूसको राजनीतिक प्रणालीमा पुटिनको कडा नियन्त्रण यो निर्वाचनमा पनि कायमै रहको प्रष्ट झल्किन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
