गृहमन्त्री श्रेष्ठले जालसाजी, ठगी, भ्रष्टाचारमा संलग्नहरूलाई समात्दा वक्तव्यबाजी र राजनीतिक दबाब आएको भन्दै असन्तुष्टि जनाए।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जालसाजी, ठगी, भ्रष्टाचार गर्नेहरूलाई समात्दा वक्तव्यबाजी गर्ने र राजनीतिक दबाब आउने गरेको बताएका छन्।
शुक्रबार अध्यागमन विभागको ई–भिसा, अनलाइन भुक्तानी प्रारम्भ कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जालसाजी, ठगी, भ्रष्टाचारमा संलग्न नेतालाई समात्दा उनीहरू सम्बद्ध दलहरूले, उद्योगी व्यापारीलाई समात्दा उनीहरूका संघसंस्थाहरूले, कर्मचारीहरूलाई पक्राउ गर्दा कर्मचारी संगठनहरूले विभिन्न तरिकाबाट दबाब सिर्जना हुने गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।
“जालसाजी, ठगी, भ्रष्टाचार, राज्य लुट्ने प्रक्रियाको निम्ति कसलाई दोषी ठहर्याउने? त्यही सडक पेटीमा व्यापार गर्नेहरू? त्यो गरिब सुकुमबासी, भूमिहीनहरू?,” उनले भने, “हामी केही काम गर्न थाल्यौँ भने खबरदार, कारबाही गर्न पाइँदैन, राजनीतिक दलका नेतालाई पनि कारबाही गर्न पाइँदैन, कर्मचारी, ठूला उद्योगी व्यवसायीलाई पनि गर्न पाइँदैन भनेपछि गडबड हुन्छ नि!” सरकार सुशासनको पक्षमा अघि बढ्दा व्यवधान निकाल्न नहुने कुराको खबरदारी गर्न सचेत गराए।
फरक प्रसंगमा मन्त्री श्रेष्ठले केही दिनभित्र प्रहरी समायोजन समितिको घोषणा गरी प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने पक्षमा आफू रहेको बताए। उनले नेपाल प्रहरी ऐनको विधेयक तयार भइसकेको र मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा दर्ता गर्ने तयारी मन्त्रालयले गरिरहेको जनाए।
उनले ०७६ सालमा पारित भएको प्रहरी समायोजन ऐनलाई केही संशोधन र परिमार्जन गर्न जरुरी रहेको र त्यसका लागि पनि विधेयक तयार भइसकेको उल्लेख गरे। उनले ०७६ सालमै पारित भएको नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐनमा पनि केही संशोधन गर्नुपर्ने भएकाले त्यसलाई पनि संसद्मा पेस गर्न लागेको बताए।
निर्वाचन ऐनको विधेयक करिब सकिसकेकाले संसद्मा पठाउने तयारी भइरहेको जनाए। स्थानीय प्रशासन ऐनको विधेयकमा पनि मस्यौदा अन्तिम चरणमा पुगेको बताए। सशस्त्र प्रहरी ऐनको मस्यौदाको प्रक्रियामा रहेको बताए। “समग्रतामा सरकारको कामलाई परिणाममुखी, प्रभावकारी र जनमुखी बनाउनका निम्ति र गृह मन्त्रालयको सुधार कार्ययोजना बनाइ काम गरेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
