ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

काठमाडौँ– ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै राणा विजयी भएका हुन्। राति अबेर सम्पन्न मतगणना अनुसार राणाले २२ हजार ८९२ मत प्राप्त गरे।

निकटतम प्रतिद्वन्द्वी सिलवालले १९ हजार २७८ मत पाए। यो क्षेत्रबाट २०७४ सालमा सिलवालले राणालाई हराएका थिए।