अर्थमन्त्री महतले नेपालले उदारता देखाएर स्रोतसाधनलाई ध्यान नदिई धेरै प्रतिबद्धता व्यक्त गर्दा राज्यका दायित्वहरू पूरा गर्न कठिनाइ भइरहेको बताएका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोतसाधनबाट राज्यका दायित्वहरू पूरा गर्न समस्या भइरहेको बताएका छन्।
शुक्रबार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालले उदारता देखाएर स्रोतसाधनलाई ध्यान नदिई धेरै प्रतिबद्धता व्यक्त गर्दा समस्या भइरहेको बताए। ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका प्रतिबद्धताका लागि स्रोत सुनिश्चित गर्दा समस्या आएको उनको भनाइ थियो।
नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको, नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको बताए। कर्मचारीको संख्या पनि ठूलो रहेको उल्लेख गर्दै उनले संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व थप बढेको उल्लेख गरे।
“यो संघीय संरचनामा गइसकेपछि त्यहाँ पनि त्यही किसिमको दायित्वहरू थपिनु स्वाभाविक भइहाल्यो। यसले गर्दा हाम्रो फिक्स दायित्व अत्यन्त धेरै बढ्यो। त्यसले गर्दा हाम्रो आन्तरिक स्रोतसाधन जुन हाम्रो राजस्वबाट जे प्राप्ति हुन्छ, त्यसले यी सबै दायित्वहरूलाई सम्बोधन गर्न कठिन हुँदै गएको छ,” उनले भने।
पहिलेको भन्दा अहिले पुँजीगत खर्चको दायित्व घट्दै जानुको कारणबारे उनले भने, “हिजोको वर्षमा पुँजीगत खर्चको दायित्व धेरै थियो, अहिले हरेक वर्ष घट्दै गएको छ। यो लोकतन्त्र आएपछि, गणतन्त्र आएपछि पुँजीगत खर्च घट्दै गयो भन्ने कुरा छ, यद्यपि भएको ‘भोलुम’मा घटेको होइन, प्रतिशतमा घटिरहेको छ। त्यो हिजोको दिनमा सामाजिक दायित्वको अवस्था नगण्य थियो।” उनले स्रोतसाधनहरू प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
