सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच शुक्रबार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण तयार पार्नेसहित पाँचबुँदे सहमति भएको हो।
काठमाडौँ– कोशी प्रदेश सरकार र पहिचान पक्षधरहरूबीच प्रदेशको पुनः नामकरण गर्नका लागि राजनीतिक वातावारण बनाउने सहमति भएको छ। सरकारी वार्ता समिति र पहिचान पक्षधर वार्ता समितिबीच शुक्रबार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण तयार पार्नेसहित पाँचबुँदे सहमति भएको हो।
शुक्रबार विराटनगरस्थित एक होटलमा गरिएको सहमतिमा पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिई शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनको क्रममा भएका घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने उल्लेख रहेको सरकारी वार्ता समितिका संयोजकसमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिए।
पहिचान पक्षधर वार्ता समितिका संयोजक डगेन्द्रसिङ थेगिमले आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूलाई सरकारले उचित क्षतिपूर्ति दिने र त्यस क्रममा लगाइएका झूटा मुद्दा सरकारले फिर्ता लिने विषयमा पनि छलफल गरिएको बताए। सहमतिपत्रमा दुई पक्षको आगामी वार्ता फागुन १० गतेभित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ।
कोशी प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसविरुद्ध पहिचानवादीहरू आन्दोलनरत छन्। उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
