रौतहटबाट काठमाडौँ गइरहेको बस दुर्घटना: २० जना घाइते

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

भरतपुर– चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। 

रौतहटबाट काठमाडौँतर्फ गइरहेको शुक्रबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा दुर्घटना भएको हो। 

चितवनका ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदीका अनुसार बस सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको थियो। 

दुर्घटनामा घाइते सबै बसका यात्रु रहेको र दुई जनाको अवस्था गम्भीर रहेको सुवेदीले बताए। घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

बसका चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।