मलेसियाको सेलांगोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ बनाएको छ।
काठमाडौँ– एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ।
मलेसियाको सेलांगोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ बनाएको हो।
हङकङका क्यारी चानले सर्वाधिक २१ रन बनाइन्। मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रनको योगदान दिइन्।
नेपालका रुबिना क्षत्री र पुजा महतोले समान २–२ तथा सीता राना मगर र कविता जोशीले १–१ विकेट लिए।
नेपालको समूह ‘डी’मा हङकङ, भुटान र मालदिभ्स छन्। प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ। हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा कुवेत, म्यान्मार, सिंगापुर र थाइल्यान्ड छन्। समूह ‘बी’मा चीन, जापान, ओमान र यूएई छन् । यस्तै समूह ‘सी’मा बहराइन, इन्डोनेसिया, कलेसिया र कतार छन्।
हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एशिया कप खेल्न पाउनेछन्।
सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एशिया कपमा सहभागी हुन पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
