क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, टोलीमा ३ परिवर्तन

आकाश चन्दले सिनियर टोलीबाट डेब्यु गरेका छन्। अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन्। 

काठमाडौँ– एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। 

त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङमा उत्रिएको हो।  

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईंले खेलमा तीन परिवर्तन गरेका छन्। आकाश चन्दले सिनियर टोलीबाट डेब्यु गरेका छन्। अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन्। 

नेपाल पहिलो खेलमा ७ रनले विजयी भएको थियो।