९४ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि कप्तान ईन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्।
काठमाडौँ– एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा नेपालसँग हङकङ ८ विकेटले पराजित भएको छ।
९४ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालका लागि कप्तान ईन्दु बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्।
उनले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। सीता राना मगर ३६ रनमा नटआउट रहिन्। उनले ३८ बलमा १ छक्का र १ चौका प्रहार गरिन्।
कविता कुँवरले ४ रन बनाइन्। हङकङका इक्रा सहर र बेट्टी चानले समान १–१ विकेट लिए।

त्यसअघि लेसियाको सेलांगोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ बनाएको थियो।
हङकङका क्यारी चानले सर्वाधिक २१ रन बनाइन्। मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रनको योगदान दिइन्।
नेपालका रुबिना क्षत्री र पुजा महतोले समान २–२ तथा सीता राना मगर र कविता जोशीले १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
