विभागका अनुसार हालसम्म देशभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी उत्खनन गर्नका लागि १५६ खानीलाई स्वीकृति प्रदान गरिएको हो।
काठमाडौँ– नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले १५६ खानीलाई उत्खननका लागि अनुमति दिएको छ।
विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी ती खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरिएको हो।
विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका १५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए।
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो। मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुंगा उत्खननका लागि ९६ खानीलाई अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए।
उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिंक एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन्।
घिमिरेले पछिल्लो समय चुनढुंगा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए। पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ।
“नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्त्वपूर्ण कच्चापदार्थ चुनढुंगाको उत्खनन बढेको हो”, उनले भने।
यस्तै विभागले उत्खनन अनुमति पत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा शुरू नगरेको भन्दै रद्द गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
