अदालतले पीटीआईका संस्थापक खानलाई हिरासतमा राख्नुको औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै आरोपीलाई जमानत दिइएको फैसला सुनाएको छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको छ।
द एक्सप्रेस ट्रिब्युनका अनुसार खानसँगै उनका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि १३ वटा मुद्दामा जमानत दिइएको छ।
खानसँग पाकिस्तानी सेनाको मुख्यालय र आर्मी संग्रहालय आक्रमणसहितका १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत मागिएको छ। एटीसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको निवेदनमाथि सुनुवाइ गरेका थिए।
अदालतले पीटीआईका संस्थापकसमेत रहेका खानलाई हिरासतमा राख्नुको औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै आरोपीलाई जमानत दिइएको फैसला सुनाएको छ। खान र कुरेशीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो।
द एक्सप्रेस ट्रिब्युनका अनुसार दुवैलाई अदालतमा पेस गरिएको थियो। खान गत वर्षको मे ९ मा इस्लामाबाद उच्च न्यायालय (आईएचसी) परिसरबाट गिरफ्तारीमा परेका थिए। भ्रष्टाचारको आरोपमा खान पक्राउ परेपछि गत मे ९ मा देशभर दंगा भड्किएको थियो।
उनलाई प्रतिवादी बनाएर दंगासँग सम्बन्धित थुप्रै मुद्दा दायर गरिएको थियो। रावलपिण्डीमा दर्ता भएका उजुरीमा जनरल हेडक्वार्टर (जीएचक्यू)को गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दंगासहितका घटनाहरू समावेश छन्।
उनले मुद्दाको पहिलो सूचना रिपोर्ट (एफआईआर)मा समावेश गरिएका दाबीलाई अस्वीकार गरेका छन्। द एक्सप्रेस ट्रिब्युनका अनुसार अडियाला जेलबाट रिहा भएपछि पीटीआईका नेता कुरेशीलाई पन्जाब प्रहरीले जीएचक्यूमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो।
गत वर्षको मे ९ मा भएको हिंसाको अनुसन्धान गरिरहेको उच्चस्तरीय संयुक्त अनुसन्धान टोली (जेआईटी)ले गत वर्षको जुलाईमा पूर्वप्रधानमन्त्री खानलाई जीएचक्यूमा भएको आक्रमणसहित दुई आतंकवादी मुद्दामा नामित गर्ने निर्णय गरेको थियो।
कारबाहीमा नयाँ धाराहरू समावेश गरिएसँगै पीटीआई प्रमुख खानलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो।
पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आम निर्वाचनको मतपरिणाम निकै प्रतीक्षित रहेका बेला खानलाई जमानत दिइएको हो।निर्वाचनको मतगणना जारी छ। पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। तर पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवारभन्दा पछाडि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
