काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री श्रेष्ठ तेस्राे

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरे।

काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरे। श्रेष्ठले १० हजार १०५ मत पाए।पराजित सायमीले ५ हजार ८८९ मत ल्याए।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ चार हजार ८७७ मत ल्याएर तेस्राे बने। पर्यटनमन्त्रीसमेत रहेका उनी सत्ता सठबन्धनको साझा उम्मेदवार थिए।