बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरूलाई दिएको छ।
शुक्रबार र शनिबार गरी दुई दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको विधान सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो।
बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकमा नेताहरूले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। “विधि, प्रक्रियालाई कडाइका साथ लागू गर्नुपर्छ। अनि यो विधान बनाउने कुरा पनि महत्त्वपूर्ण कुरा हो। विधान बनाउने भन्दा पनि लागू गर्ने कुरा धेरै गुणा महत्त्वपूर्ण कुरा हो भन्ने कुरा अधिकांश सदस्यहरूले राख्नुभएको छ,” उनले भने। उनीहरूले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएको पनि प्रवक्ता सापकोटाले बताए।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुने गरी ल्याउने धारणा राखेका थिए।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट शुरू हुने भएको छ। बैठक पार्टीको विशेष रूपान्तरण अभियानको समीक्षामा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता सापकोटाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
