अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए।
नुवाकोट– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सिपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्।
नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होसार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए।
“विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन,” अर्थमन्त्री महतले भने, “अबको लक्ष्य स्रोतसाधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सिपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ।”
उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे। “चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ,” उनले भने। उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए।
मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न उनले आग्रह गरे। अर्थतन्त्र बलियो बनाउन सके जनता र राज्य दुवै बलियो हुने भन्दै उनले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
