घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले पराजित गर्दै एशियन कपको उपाधि जितेको छ। कतारले सबै गोल पेनाल्टीमार्फत गरेको थियो।
काठमाडौँ– अक्रम अफिफले ह्याट्रिक गरेपछि कतार लगातार दोस्रो पटक एएफसी एशियन कप च्याम्पियन बनेको छ।
शनिबार राति भएको फाइनलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै घरेलु टोली च्याम्पियन बनेको हो।
कतारलाई उपाधि दिलाउन अक्रम अफिफले ह्याट्रिक पूरा गरे। उनले सबै गोल पेनाल्टीमार्फत गरेका थिए।
अफिफले खेलको २२औँ, ७२औँ र इन्जुरी समयको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए। जोर्डनका यजान अल–नैमातले ६७औँ मिनेटमा एक गोल फर्काए। कतार इरानलाई हराउँदै फाइनलमा पुगेको थियो।
यसअघि सन् २०१९ मा कतारले जापानलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
