भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

नेपालका कविता कुँवर, सीता रानामगर, ईन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।

काठमाडौँ– मलेसियामा जारी एएफसी महिला प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रनको लक्ष्य दिएको छ। 

बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको हो। 

भुटानका नगावाङ छोदेनले सर्वाधिक २५ रन बनाइन्। दिचेन वाङ्‌मोले १७ तथा छिरिङ जाङ्‌मोले १६ रनको योगदान दिए।

नेपालका कविता कुँवर, सीता रानामगर, ईन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।