ठेकेदार कम्पनीले थपिएको नौ महिनाको म्याद गुजारिसकेको छ। आगामी वैशाख ५ गतेसम्मका लागि पुनः तीन महिनाको दोस्रो म्याद थपिए पनि निर्माणले गति लिएको छैन।
खोटाङ– बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेका छन्। वैशाख ६ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले कामको जिम्मा लिएको थियो।
प्रशासनिक भवनको काम हालसम्म ५५ प्रतिशत मात्र भएको छ। २०७८ कात्तिक ७ गते पाँच करोड ६९ लाख ७० हजार भवन ठेक्का लागेको थियो।
ठेकेदार कम्पनीले निर्माणमा लापरबाही गरेपछि पटक–पटक पत्राचार गरेर ताकेता गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए।
“ठेकेदार कम्पनीले थपिएको नौ महिनाको म्याद पनि गुजारिसकेको छ। प्रथम पटक थप भएको म्याद गत माघ ६ गते सकिएको हो,” उनले भने, “पुनः आगामी वैशाख ५ गतेसम्मका लागि तीन महिनाको दोस्रो म्याद थप गरिएको छ।”
गाउँपालिकाको प्रशासनिक भवन वडा नं ४ फाक्टाङस्थित बाघखोर भन्ज्याङमा निर्माणाधीन छ। भवनको तीनतला ढलान गरेर पर्खाल हाल्ने, प्लास्टर गर्नेलगायत काम भइरहेको छ। तीनतले पक्की प्रशासनिक भवनमा ३५ कोठा हुने जनाइएको छ।
लिफ्टसहितको भवनको प्रत्येक तलामा महिला–पुरुष छुट्टाछुट्टै शौचालय हुने गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
