काठमाडौँ–२ मा रास्वपाकी गौतम विजयी

काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले १५ हजार दुई सय २९ मत पाइन्।

काठमाडौँ–  काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ।

बुधबार बिहान सम्पन्न मतगणनाअनुसार रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन्। उनले १५ हजार दुई सय २९ मत पाइन्।निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा माओवादीका ओनसरी घर्तीले ९ हजार ४४९ मत पाएकी छन् ।