भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको छ।
काठमाडौँ– मलेसियामा जारी एएफसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
आइतबार बिहान भएको समूहको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो। भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालका सीता रानामगरले नटआउट ३२ रन जोड्दै नेपाललाई जितसम्म डोर्याइन्। उनले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। रुविना क्षेत्रीले २४ बलमा नटआउट १७ रनको योगदान दिइन्। कविता कुँवर ५ र कप्तान ईन्दु बर्मा १ रनमा आउट भए। ।
त्यसअघि बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो।
भुटानका नगावाङ छोदेनले सर्वाधिक २५ रन बनाइन्। दिचेन वाङ्मोले १७ तथा छिरिङ जाङ्मोले १६ रनको योगदान दिए।
नेपालका कविता कुँवर, सीता रानामगर, ईन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।
यस जितसँगै नेपालको ४ अंक भएको छ। नेपालले शनिबार हङकङलाई ८ विकेटले नै पराजित गरेको थियो। अब मंगलबार समूह विजेता बन्न मालदिभ्सको सामना गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
