कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका छन्।
काठमाडौँ– ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ सवारी साधनलाई कारबाही गरेको छ।
साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशीबाट सात करोड ८७ लाख दुई हजार, मधेशबाट १० करोड पाँच लाख ५८ हजार, बागमतीबाट सात करोड ८८ लाख ४० हजार राजस्व संकलन गरेको छ।
यस्तै, गण्डकीबाट आठ करोड १८ लाख ७६, लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार, कर्णालीबाट एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम दुई करोड ४२ लाख ८८ हजार संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार ट्रक र ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार, बस र मिनिबसबाट नौ करोड २० लाख, कार, जिप र भ्यानबाट १८ करोड ९० लाख ७६ हजार, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार राजस्व संकलन भएको हो।
राजस्व रकममध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा र कम कर्णालीमा रहेको प्रहरीको तथ्यांक छ। मादक पदार्थ सेवन गरेर तथा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभाबी पार्किङ गर्ने, तोकिएभन्दा बढी भाडा लिने, कागजात तथा चालक अनुमतिपत्र नभएकालगायत कारबाही गरेबापत उक्त राजस्व संकलन गरिएको हो।
कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्। ट्रक र ट्याङकर एक लाख ७० हजार, बस र मिनिबस एक लाख नौ हजार, कार, जिप र भ्यान दुई लाख ६१ हजार, ट्याक्टर ४१ हजार, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार वटा रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
