कतिले यसलाई आफ्ना सहकर्मीप्रतिको माया भएको बताएका छन् भने कसैले कर्मचारीहरूको सांकेतिक विरोध भएको टिप्पणी गरेका छन्।
खराब मौसम वा विरोध प्रदर्शनका कारण रेल सेवा प्रभावित भएको कुरा त तपाईंले प्रायः सुन्नुभएको होला। तर भारतको मुम्बईमा हालैको एउटा घटनामा स्थानीय रुटमा चल्ने ८८ सहित कुल १४७ रेलहरूको सेवा रद्द गरिएको छ।
वास्तवमा, शनिबार साँझ, मुम्बईको भायकुल्ला र स्यान्डहर्स्ट रोड स्टेसनहरू बीचको सेन्ट्रल र हार्बर लाइनहरूमा उपनगरीय रेल सेवाहरू ढिलो हुन थाले। जसका कारण यात्रुहरू धेरै निराश भए। त्यसपछि जब मानिसहरूले रेल सेवा प्रभावित हुनुको कारण पत्ता लगाउने प्रयास गर्दा जुन कारण बाहिर आएको थियो, त्यो अचम्मको थियो। धेरै कर्मचारी आफ्ना सहकर्मीको अन्त्येष्टिमा सहभागी हुन जाँदा रेल सेवा प्रभावित भएको खुलेको छ।
आफ्ना एक जना सहकर्मीको मृत्यु भएपछि उनीहरू शवदाह स्थलमा पुगेका हुन्। कतै यो घटना कर्मचारीहरूको सुनियोजित विरोध हो कि भन्ने प्रश्न पनि उठेको छ। किनभने विगतमा मोटरम्यानले कामको अत्यधिक चापको मुद्दा उठाउँदै आएका थिए। साँझको भीडको समयमा सेवामा ढिलाइका कारण, ठूलो संख्यामा यात्रुहरू त्यहाँका स्टेसनहरूमा अलपत्र परेका थिए।
"सेवाहरू ढिलाइ भएको थियो किनभने धेरै मोटरम्यानहरू आफ्ना सहकर्मी मुरलीधर शर्माको अन्त्येष्टिमा सहभागी हुन गएका थिए, जसको शुक्रबार रेलवे ट्र्याक पार गर्ने क्रममा मृत्यु भएको थियो," एक जना रेलसेवाका अधिकारले भने। शर्माको अन्तिम संस्कार दिउँसो नै सम्पन्न भए पनि साँझ ५ बजेसम्म ढिलाइ भएको उनले बताए।
ती अधिकारीका अनुसार अन्तिम संस्कारमा ठूलो संख्यामा मोटरम्यानहरू उपस्थित थिए। रेल सञ्चालन गर्न मोटरम्यानहरू उपलब्ध नभएपछि रेल सेवा लगभग ठप्प जस्तै भएको थियो। तर सेवा अवरुद्ध नभएर ढिलाइ भएको उनको भनाइ छ। अहिले अवस्था बिस्तारै सामान्य बन्दै गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
