बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्।
चितवन– बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्। ६ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरू गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकेको बताएका हुन्।
उनले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकेपछि सम्बन्धित स्थानीय तह र अस्पताललाई नै विज्ञापन गरी माग गर्ने अधिकार दिइएको उल्लेख गरे। “एक हप्ताअघिदेखि मन्त्रीस्तरीय निर्णय गरेर स्थानीय तह र अस्पताललाई नै चिकित्सक माग गर्न विज्ञापन गर्ने अधिकार दिइएको छ,” उनले भने।
उनले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताए। “कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ,” उनले भने।
काठमाडौँका डाक्टर काठमाडौँमा मात्रै बस्न चाहने र भरतपुरका भरतपुरमै मात्र बस्न चाहने जनाउँदै उनले भने, “भरतपुरबाट माडी गइदिनुहोस् भन्दा पनि मान्नुहुन्न।” उनले चिकित्सकहरू सरकारले पठाएको ठाउँमा जाने, दुर्गम क्षेत्रमा गएर काम गरिदिने भए समस्या नपर्ने बताए।
कार्यक्रममा रोटरीयन रवीन्द्रकुमार पिया, सुरेन्द्र रेग्मी, रामप्रसाद शर्मा र दिनुप बराल तथा उवासंघका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराई, प्राडा. आईपी ढकाल, अपांग जाँगर अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ लगायतले बोलेका थिए।
कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधान भण्डारीले स्वागत गरेको कार्यक्रममा रोटरी क्लब अफ वीरगन्जका डा. शाश्वत प्रसादले कृत्रिम हातखुट्टाको प्राविधिक पक्षबारे प्रकाश पारेका थिए।
रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ गैँडाकोट, रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ वीरगन्जको आयोजनामा १४ दिनसम्म उक्त शिविर सञ्चालन हुनेछ।
शिविरमा देशैभरबाट हालसम्म हातखुट्टा गुमाएका ८० जना सम्पर्कमा आइसकेका छन्। अरू सम्पर्कमा आउने क्रम जारी रहेको जनाइएको छ। उनीहरूलाई शिविरमा नै हातखुट्टा तयार गरेर प्रदान गर्ने कार्यक्रम रहेको छ। दुर्घटना, विभिन्न रोग र चोटका कारण हात वा खुट्टा गुमाएकालाई कृत्रिम हातखुट्टा उपलब्ध गराउन लागिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
