काठमाडौँ–७ बाट रास्वपाका गणेश पराजुली निर्वाचित

काठमाडौँ क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली आठ हजार ७४३ मतसहित विजयी भएका छन्।

काठमाडौँ– काठमाडौँ-७ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन्।

पराजुलीले आठ हजार ७४३ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले छ हजार ८०० मत पाए।

माओवादी केन्द्रकी मानुषी यमी भट्टराई छ हजार ६३ मतसहित तेस्राे भइन्।