विभिन्न जातीय सशस्त्र समूह तथा प्रजातन्त्र समर्थक लडाकुहरूले जुन्ता विरुद्ध लड्दै आएका छन्। जसको सामना गर्न म्यानमारको जुन्ता सेनालाई कठिन भइरहेको छ।
म्यानमारमा चलिरहेको गृहयुद्धका बीच त्यहाँको जुन्ता सेनाले नयाँ नियम ल्याएको छ। शनिबार राज्य नियन्त्रित मिडियामार्फत् जुन्ताले म्यानमारका सबै युवाहरूको लागि दुई वर्षको अनिवार्य सैन्य सेवाको घोषणा गरेको रोयटर्सले जनाएको छ।
पुरुषको लागि १८–३५ तथा महिलाको लागि १८–२७ वर्ष उमेर तोकिएको छ। जबकि ४५ वर्षसम्मका डाक्टरहरू जस्ता विशेषज्ञहरूले तीन वर्ष सेवा गर्नुपर्छ। देशको संकटकालको अवस्थालाई हेर्दै यो अवधि पाँच वर्षसम्म बढाउन सकिने बताइएको छ।
"राष्ट्रको रक्षा र रक्षा गर्ने कर्तव्य सिपाहीहरूको मात्र होइन, सबै नागरिकहरूमा फैलिएको छ। त्यसैले म सबैलाई यो जन सैन्य सेवा कानूनलाई गर्वका साथ पालना गर्न भन्न चाहन्छु," जुन्ताका प्रवक्ता जाव मिन तुनले राज्य मिडियालाई भनेका छन्।
म्यानमारमा सन् २०२१ मा सेनाले एक निर्वाचित सरकारबाट सत्ता कब्जा गरेर कू गरेदेखि देशभर अराजकता व्याप्त छ। विद्रोही सशस्त्र समूहरूसँगको युद्धमा जुन्ता सेनाले ठूलो क्षति बेहोरिरहेको छ। विभिन्न जातीय सशस्त्र समूह तथा प्रजातन्त्र समर्थक लडाकुहरूले जुन्ता विरुद्ध लड्दै आएका छन्। जसको सामना गर्न म्यानमारको सैन्य बोर्ड जुन्तालाई कठिन भइरहेको छ।
सन् १९६२ मा पूर्व बेलायती उपनिवेशमा पहिलो पटक सत्ता लिएदेखि सेनाले सामना गरेको यो सबैभन्दा ठूलो चुनौती हो। सन् २०१० मा नै सैन्य सेवाको लागि अनिवार्य भर्ती कानून पेश गरिएको थियो तर अहिलेसम्म लागू भने भएको थिएन। अहिले आएर त्यसको अनिवार्य पालना गर्नुपर्ने निर्णय भएको हो। यो नियम पालना नगर्नेलाई पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
त्यहाँको जुन्ता सेनालाई तत्मद्व भनेर पनि चिनिन्छ। तत्मद्व सिपाहीहरू भर्ती गर्न संघर्ष गरिरहेको छ र गैर–लडाकु कर्मचारीहरूलाई विद्रोहीहरूसँगको युद्धमा जबरजस्ती अग्रपंतिमा लगाउन थालेको विश्लेषकहरूको तर्क छ।
अहिले म्यानमारमा सैन्य अधिकारीहरूको समितिले सरकार चलाइरहेको छ, जसलाई बर्मिज भाषामा ‘जुन्ता’ भनिन्छ। यसको अर्थ बैठक हो। सरकार सञ्चालन गर्ने निकाय राज्य प्रशासन परिषद् (एसएसी) मिलिटरी जुन्ताबाट सञ्चालित भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
