आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.५० अंकले ओरालो लागेर २०८५.८२ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अंकले ओरालो लागेर ३७४.७५ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार १९९ कित्ता शेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ मूल्यमा खरिद बिक्री भयो। कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३६८ रुपैयाँ बराबरको कारोबार भयो ।
एनआरएन इन्स्फास्ट्रचर १२ करोड चार लाख ३४ हजार ४३७, हिमालयन डिस्टिलरी नौ करोड २३ लाख २६ हजार ३८८, एनआईसी एशिया बैंक आठ करोड ४२ लाख चार हजार ३३२ र हाथवे इन्भेस्टमेन्ट आठ करोड ३० लाख ७७ हजार ७०३ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्रिशूली जलविद्युत् कम्पनी ६.४१, दोर्दी खोला जलविद्युत् कम्पनी ५.०८ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ४.९० प्रतिशतले कमाएका छन्।
यस्तै, एनआईसी एशिया ग्रोथ फन्ड दोस्रो १०, युनिलिभर नेपाल ७.१४, गुराँस लघुवित्त ७.१३, गणपति लघुवित्त ४.६६ र किसान लघुवित्तका लगानीकर्ताले ४.४७ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
