समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ।
काठमाडौँ– संसदीय समितिले अध्यागमनसम्बन्धी विद्यमान कानून तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनसम्बन्धी विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो। समयानुकूल हुने गरी ऐन नियम परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
त्यसैगरी, बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमामा सुरक्षा कडा चेकजाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। भिसासम्बन्धी समस्या समाधान गर्न पनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले बताए।
समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ।
समितिले सडकमा रहेका भोकानांगा नागरिकको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
