रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।
काठमाडौँ– रौतहट बमकाण्डका प्रतिवादी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन रौतहट जिल्ला अदालतले आदेश दिएको छ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उक्त मुद्दामा साक्षी झिकाउन आदेश दिएको अदालतका स्रेस्तादार उद्धव ढोडारीले जानकारी दिए।
“जाहेरीकर्ता गौरीशंकर रामको शारीरिक परीक्षण प्रतिवेदन फरेन्सिक विभागबाट झिकाउने र वादी नेपाल सरकारका तर्फबाट साक्षी झिकाउने आदेश भएको छ,” उनले भने।
आइतबार प्रतिवादी आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबरी हुसेन, मजरुल हक र अफताब आलमले बहस गरेका थिए। सरकारका तर्फबाट जिल्ला न्यायाधीवक्ता बद्रीकुमार कार्की र अधिवक्ता पुष्पराज पौडेलले बहस गरेका थिए।
रौतहट बमकाण्डका मुख्य योजनाकार रहेको भन्दै आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो। २०७६ कात्तिक १८ गते आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
कात्तिक २९ गते आलमलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। त्यसयता उनी थुनामा छन्। उनले उच्च र सर्वोच्च अदालतमा पनि पुनरावेदन गरेका थिए। तर, माथिल्ला दुई अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
