यस्तो छ सोमबारको मौसम पूर्वानुमान

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

काठमाडाैँ– हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

सोमबार दिनभर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।