अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा जम्मा १७४ रनमा अलआउट भयो।
साविक विजेता भारतलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार दक्षिण अफ्रिकाको बेनोनीमा भएको अन्तिम खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलिया चौथो पटक च्याम्पियन बनेको हो। अस्ट्रेलियाले यसअघि सन् १९८८, २००२ र २०१० मा उपाधि जितेको थियो।
आइतबार अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो। भारतका लागि मुसिर खानले २२, ओपनर आदर्श सिंहले ४७ र मरुगन अभिषेकले ४२ रन तथा नमन तिवारीले १४ रन बनाए।
अस्ट्रेलियाका लागि महली बेयर्डम्यान र र्याफ म्याकमिलनले ३/३ विकेट‚ क्यालम विडलरले २ विकेट र चार्ली एन्डरसन तथा टम स्ट्रेकरले १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो। अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान गरे। उनले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए। यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे। बलिङमा भारतका राज लिम्बानीले ३ तथा नमन तिवारीले २ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
