आइतबार राति सम्पन्न खेलमा वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनल ६–० ले विजयी बनेको हो।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेडले जित निकालेको छ।
आइतबार राति सम्पन्न खेलमा वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनल ६–० ले विजयी बनेको हो। आर्सनलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो। विलियम सलिबा, गेब्रियल, बुकायो साका र लिएन्ड्रो गोल गरेका थिए। दोस्रो हाफमा साकाले ब्यक्तिगत रूपमा दोस्रो र डेक्लान राइसले गोल गर्दै आर्सनललाई शानदार जित दिलाए।
यो जितसँगै आर्सनल उपाधि होडमा फर्किएको छ। उसले ५२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा आफूलाई सुरक्षित गरेको छ। वेस्ट ह्याम भने ३६ अंकका साथ तालिकाको आठाैँ स्थानमा छ।
यस्तै, गए राति नै भएको एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेडबीचको खेलमा युनाइटेड २–१ ले विजयी भएको छ। युनाइटेडका रास्मोस होजलन्डले खेलको १७औँ मिनेटमा गोल गरेर अग्रता दिलाए। ६७ मिनेटमा एस्टन भिल्लाका डुग्लास लुइजको गोलले खेललाई बराबरीमा ल्यायो। तर ८६ औँ मिनेटमा स्टक म्याक टोमिनीले गरेको गोलले म्यानचेस्टरलाई जित दिलायो।
म्यानचेस्टर युनाइटेड ४१ अंकका साथ तालिकाको छैटाैँ स्थानमा छ। एस्टन भिल्ला भने ४६ अंकका साथ युनाइटेडभन्दा एक स्थान अगाडि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
