दुई पक्षबीचको बैठकपछि जारी विज्ञप्ति अनुसार पीएमएलएन र पीपीपीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ।
पाकिस्तानमा सम्पन्न निर्वाचनको मत परिणाम आएसँगै सरकार गठनका लागि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) अघि सरेका छन्।
नवाज शरीफका भाइ तथा पीएमएलएनका अध्यक्ष सेहबाज शरीफ र पीपीपीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जर्दारीबीच आइतबार भएको बैठकपछि दुवै दलले देशमा नयाँ सरकार गठनका लागि राजनीतिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो।
लाहोरस्थित बिलावल हाउसमा दुई दलबीच भेटवार्ता भएको बीबीसीले जनाएको छ। दुई दलबीच राजनीतिक अवस्थाका बारेमा छलफल भएको र सरकार गठनका विषयमा पनि छलफल भएको थियो। बैठकपछि जारी विज्ञप्ति अनुसार पीएमएल–एन र पीपीपीबीच राजनीतिक सहकार्यका लागि सैद्धान्तिक सहमति भएको छ।
भेटमा देशको समग्र अवस्था र भावी राजनीतिक सहकार्यका बारेमा पनि छलफल भएको थियो। मुलुकमा राजनीतिक स्थायित्व ल्याउन दुवै दलले गठबन्धनमा सरकार बनाउने निर्णय गरेका छन्।
पाकिस्तानमा यही फेब्रुअरी ८ मा भएको राष्ट्रियसभा वा देशको संसदको तल्लो सदनकाको निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी जित हासिल गरेका छन्।
पाकिस्तानको निर्वाचन आयोगले आम निर्वाचन २०२४ को पूर्ण परिणाम घोषणा गरिसकेको छ। जसमा स्वतन्त्र उम्मेदवारले १०१ सिट प्राप्त गरे पनि इमरान पक्षधर कति हुन् भन्ने प्रष्ट छैन। तर ९३ देखि ९७ सिट इमरान समर्थकको भएको बताइन्छ। पीएमएल–एनले ७५ सिट र पीपीपीले ५४ सिट जितेका छन्।
यस्तै, मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तानले १७ सिट, जमियत उलामा–ए–इस्लाम पाकिस्तानले चार सिट, पाकिस्तान मुस्लिम लिगले तीन सिट, इस्तेहकाम–ए–पाकिस्तान पार्टी र बलुचिस्तान नेसनल पार्टीले दुई–दुई सिट पाएका छन्। ई–मुस्लिमीन पाकिस्तान, पाकिस्तान मुस्लिम लीग (जिया–उल–हक शहीद), पश्तुनख्वा नेसनल अवामी पार्टी पाकिस्तान, बलुचिस्तान अवामी पार्टी, पश्तुनख्वा मिलि अवामी पार्टी र नेसनल पार्टीले एक–एक सिट पाएको छ। निर्वाचन आयोगले उम्मेदवारको मृत्यु भएपछि एक सिटको मतदान स्थगित गरेको र एक सिटको नतिजा रोकेर आंशिक पुनः मतदान गर्ने घोषणा गरेको छ।
पाकिस्तानको राष्ट्रियसभामा ३६६ सिट छन्, जसमध्ये प्रत्यक्ष निर्वाचनमार्फत २६६ प्रतिनिधिहरू निर्वाचित हुन्छन्। ६० सिट महिलाका लागि र १० सिट गैर मुस्लिम प्रतिनिधिका लागि आरक्षित छन्। प्रत्यक्ष निर्वाचनमा सरकार बनाउन २६६ सिटमध्ये १३४ सिट आवश्यक हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
