सुर्खेत–२ मा कांग्रेसका थानी निर्वाचित

सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन्। उनले ३४ हजार ६२५ मत प्राप्त गरे।

काठमाडौँ– सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन्।

बुधबार बिहान सम्पन्न मतगणनामा थानीले ३४ हजार ६२५ मत प्राप्त गरे। उनका प्रतिस्पर्धि नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे।