किप्टमले सन् २०२३ मा विश्वका चर्चित धावकमध्ये एक एलिउड किप्चोगेलाई हराउँदै विश्व कीर्तिमान कायम गरेका थिए।
पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका २४ वर्षीय केल्भिन किप्टमको कार दुर्घटनामा मृत्यु भएको छ।
पश्चिमी केन्याको सडकमा आइतबार भएको दुर्घटनामा रुवान्डाका उनका कोच गेर्भाइस हाकिजिमाना पनि सँगै थिए। दुर्घटनामा दुवै जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
किप्टमले सन् २०२३ मा विश्वका चर्चित धावकमध्ये एक एलिउड किप्चोगेलाई हराउँदै विश्व कीर्तिमान कायम गरेका थिए। गत अक्टोबरमा शिकागोमा भएको म्याराथनमा ४२ किलोमिटरको दुरीलाई दुई घन्टा ३५ सेकेन्डमा पार गर्दै किप्चोगेको रकेर्डलाई भंग गरेका थिए।
किप्टमलाई श्रद्धाञ्जली अर्पण गर्दै केन्याका खेलकुद मन्त्री आबाबु नाम्बाम्बाले यसलाई पीडादायी घटना भन्दै केन्याले एउटा विशेष रत्न गुमाएको बताएका छन्। यस्तै, विश्व एथलेटिक्सका अध्यक्ष सेबास्टियन कोइले एक अविश्वसनीय धावकले अविश्वसनीय विरासत छाडेर गएको टिप्पणी गरेका छन्।
प्रहरीलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाएअनुसार उक्त कार दुर्घटना स्थानीय समयअनुसार आइतबार राति ११ बजे भएको थियो। प्रहरीका अनुसार किप्टमले नै गाडी चलाएको र नियन्त्रण गुमाउँदा गाडी पल्टेको थियो। घटनास्थलमै दुई जनाको मृत्यु भएको र घाइते एक महिलालाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
