प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनको मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन्।
काठमाडौँ– बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिरी जमानीमा छाड्न आदेश दिने न्यायाधीशको काज सरुवा भएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगु जिल्ला अदालतमा काज सरुवा भएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनको मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन्। न्यायपरिषद्ले न्यायाधीशहरूको सरुवा गर्ने कानूनी व्यवस्था भए पनि काज सरुवा भने प्रधानन्यायाधीशले गर्न पाउने व्यवस्था रहेको छ।
बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई छाड्ने आदेश गलत भएको भन्दै प्रधानन्यायाधीश श्रेष्ठले उनको काज सरुवा गरेका हुन। “हिरासतमा राखेरै अनुसन्धान गर्नुपर्ने व्यक्तिलाई दुईदिनभित्र छाड्न भन्दै दिएको आदेश गलत भएको प्रधानन्यायाधीशको बुझाइ छ। पहिलो चरणमा काज सरुवा भएको छ,”अदालत स्रोतले भन्यो, “यस सम्बन्धमा न्यायपरिषद्ले पनि न्यायाधीश आचार्यमाथि छानबिन शुरू गर्छ होला।”
माघ २२ गते हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा चौधरीसहितका प्रतिवादीलाई हाजिर गराइएको थियो। तर, न्यायाधीश आचार्यको इजलासले दुई दिनभित्र अनुसन्धान सक्न, नभए हाजिर जमानीमा छाड्न आदेश दिएका थिए।
अदालतको आदेशअनुसार प्रहरीले माघ २४ गते पक्राउ परेका चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाडेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
