'डेब्यु ब्वाइ' हेमन्त धामीले ३ विकेट लिएसँगै क्यानडाले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।
काठमाडाैँ– 'डेब्यु ब्वाइ' हेमन्त धामीले ३ विकेट लिएसँगै क्यानडाले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो। नेपालका लागि हेमन्त धामीले ८ ओभरमा ४९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए। यू१९ टोलीबाट खेल्दै आएका हेमन्तले यसै शृंखलामार्फत् सिनियर टोलीमा डेब्यु गरेका हुन्।
कुशल मल्लले २ विकेट लिँदा ललितनारायण राजवंशी र आकाश चन्दको नाममा १/१ विकेट रह्यो।
श्रेयस र निखिलको अर्धशतकीय साझेदारी
तेस्रो ओभरको चौथो बलमै पहिलो विकेट गुमाएको क्यानडाका लागि श्रेयस मोभा र निखिल दत्तले सर्वाधिक ५४ रनको साझेदारी गरे। ३६.५ मा ५/१३२ रनको अवस्थामा रहेको बेला उनीहरूले छैटौँ विकेटका लागि उक्त साझेदारी गरेका थिए। ४६औँ ओभरको चौथो बलमा श्रेयस २९ बलमा १ चौकासहित २५ रनमा बनाएर मिडविकेटमा कुशल भुर्तेलबाट क्याच आउट भए।
४८औँ ओभरको पाँचौँ बलमा निखल अनिल साह र आरिफ शेखबाट रन आउट भए। उनले ६२ बलमा २ चौका र १ छक्कासहित ४५ रन प्रहार गरे। ४९औँ ओभरको तेस्रो बलमा डिलन हेलिगर ४ रनमा आउट भए। कप्तान साद बिन जाफर ३१ र शाहिद अहमजाई ५ रनमा अविजित रहे।
क्यानडाको खराब शुरूआत
डेब्यु ब्वाइ हेमन्त धामीले तेस्रो ओभरको चौथो बलमा थर्ड म्यानमा एरोन जोन्सनलाई ४ रनमा देव खनालबाट क्याच आउट गराए। नवनित धालिवाला र श्रीमन्थ विजेरत्नेले तेस्रो विकेटका लागि ४८ रनले साझेदारी गरेका थिए। तर, १४औँ ओभरको अन्तिम बलमा आकाश चन्दले कभरमा श्रीमन्थलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराए। श्रीमन्थले २८ बलमा २ चौकासहित २२ रन बनाए।
क्यानडाले तेस्रो विकेट १९औँ ओभरको पहिलो बलमा गुमायो। निकोलस कृर्तन १२ बलमा ३ रन बनाए एक्स्ट्रा कभरमा भीम सार्कीले दोस्रो प्रयासमा क्याच आउट गरे। उनी कुशल मल्लको बलमा आउट भएका हुन्।
२३औँ ओभरको पहिलो बलमा आरिफ शेखले धालिवालालाई ४२ रनमा जीवनदान दिए। तर, २७औँ ओभरको अन्तिम बलमा उनी ललितनारायण राजवंशीको बलमा आकाशबाट लङ अनमा क्याच आउट भए। उनले ८२ बलमा ५ चौकासहित ५० रन बनाए।
धालिवाल र हर्ष थाकेरले चौथो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए। ३६.५ ओभरमा हर्ष कुशल मल्लको बलमा एलबीडब्ल्यू आउट भए। उनले ५७ बलमा २ चौकासहित २९ रन बनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
