बागलुङका चारवटै प्रदेशसभामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ।
पाेखरा– बागलुङका चारवटै प्रदेशसभामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ। बिहान सम्पन्न मतगणनामा बागलुङ– १ प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भए।
थापाले नेकपा एमालेका उम्मेदवार हीराबहादुर केसीलाई एक हजार ४७८ मतान्तरले पराजित गरे। थापाले १३ हजार ८८४ मत ल्याउँदा केसीले १२ हजार ४०५ मत पाए। यस्तै बागलुङ– १ प्रदेशसभा ‘२’मा पनि कांग्रेसका डिल्लिराम सुवेदी विजयी भएका छन्। उनले एमालेका नवराज पौडेललाई पराजित गरे।
सुवेदीले १३ हजार ३२० र पौडेलले ७ हजार २५३ मत पाएका हुन्। बागलुङ–२ प्रदेशसभा ‘१’ मा पनि कांग्रेसले नै जित हासिल गरेको छ। कांग्रेसका जितबहादुर शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई तीन हजार १०० मतान्तरले पराजित गरे। शेरचनले १५ हजार १०८ र घर्तीले १२ हजार ८ मत पाए।
बागलुङ– २ ‘२’ मा पनि कांग्रेसका द्रोणकुमार निर्वाचित भएका छन्। १२ हजार ४०८ मतसहित जित हासिल गरेका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत पाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
