अर्थमन्त्री महतले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेका छन्। उनले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकनमार्फत १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरेको हुन्।
काठमाडौँ– अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा पनि संशोधन गरेको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्यांकनमार्फत मन्त्रालयले १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरेको हो।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते १७ खर्ब ५१ अर्बको ३१ करोडको बजेट ल्याएका थिए। यसमा संशोधन गर्दै पूर्ण बजेटको ८७.३८ प्रतिशत खर्च हुने मन्त्रालयले जनाएको छ।
सरकारले हरेक वर्ष ठूलो आकारको बजेट ल्याउने गरे पनि मध्यावधि समीक्षामार्फत खर्च र आम्दानीको लक्ष्य संशोधन गर्दै आएको छ।
चालु आर्थिक वर्षका लागि चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब रुपैयाँ विनियोजन गरेको थियो।
तर अर्थमन्त्री महतले चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगततर्फ दुई खर्ब ५४ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ६८ अर्ब खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका हुन्।
खर्चसँगै मन्त्रालयले बजेटको खर्च बेहोर्ने स्रोत तथा आम्दानीको लक्ष्य पनि घटाएको छ। मन्त्रालयले राजस्वबाट १२ खर्ब ४८ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट दुई खर्ब ४० अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएको थियो।
त्यसमा संशोधन गर्दै मन्त्रालयले राजस्व र आन्तरिक ऋण गरी १३ खर्ब ९ अर्ब, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
