कास्की– २ काे प्रदेशसभा (१) मा एमालेका कार्की निर्वाचित

कास्की क्षेत्र नम्बर २ काे प्रदेशसभा (१) मा नेकपा एमालेका भीम कार्की विजयी भएका छन्।

पोखरा– कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा नेकपा एमालेका भीम कार्की विजयी भएका छन्। १० हजार ५३१ मतसहित कास्की विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी राप्रपाका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत पाए। यस्तै, नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने तेस्रो भएका छन्। उनले पाँच हजार ५४० मत पाए।