जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ।
खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ।
विसं २०६९ सालमा हलेसी पोलिक्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७२ वर्षीय चन्द्रसेन राईको परिवारले दिएको किटानी जाहेरीका आधारमा उपचारमा संलग्न सुनसरीको गढी गाउँपालिका–३ का जीवानन्द मेहतालाई प्रहरीले पक्राउ गरेको हो।
नक्कली प्रमाणपत्रधारी मेहताले आफूलाई ‘डाक्टर हुँ’ भन्दै पोलिक्लिनिकमा भर्ना गराएका राईको दुई वटा सुई लगाएपछि मृत्यु भएको थियो। राईको परिवारले सुई लगाएको पाँच मिनेटको अन्तरालमा बिरामीको मृत्यु भएको भन्दै मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।
बिरामी राईको मृत्युपछि फरार रहेका मेहतालाई माघ २४ गते घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी बेनु कार्कीले सोमबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्। छानबिनका क्रममा उपचारमा संलग्न कथित डाक्टर मेहताले नक्कली प्रमाणपत्र पेस गरेर पोलिक्लिनिकमा काम गरेको वास्तविकता सार्वजनिक भएको थियो।
प्रहरीले सोही पोलिक्लिनिक सम्बद्ध सप्तरी छिन्नमस्ता गाउँपालिका–५ का ४२ वर्षीय महेशप्रसाद साह र बोदेबरसाइन नगरपालिका–२ का ४२ वर्षकै अशोककुमार साहलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ।
दुई करोड बराबरको नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
सुनसरीको इनरुवाबाट करिब दुई करोड बराबरको नेपाली नक्कली नोट फेला परेको छ। सुनसरी खोला पुलनजिकबाट भारत बिहारका २२ वर्षीय महम्मद शैयाद साफी १ करोड ८२ लाख ५१ हजार रकमसहित पक्राउ परेका हुन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बीआर११एक्स३४२९ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा एक हजार दरका १८ हजार २५१ थान नक्कली नोट बरामद भएको सुनसरी प्रहरीले जनाएको छ। घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको सुनसरी प्रहरीले नक्कली नोटको कारोबारमा गिरोहकै संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेको छ।
इटहरीबाट समेत प्रहरीले यसअघि ठूलो परिमाणको नक्कली नोट बरामद गरेको र पुनः सोही प्रकृतिसँग मिल्दो घटनाक्रम दोहोरिएकाले कारोबारी समूहमा गिरोहकै संलग्नता हुनसक्ने प्रहरी उपरीक्षक विपिन रेग्मीको भनाइ छ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिक स्कारपियो चालक हुन्। प्रहरीसहितको चेकिङ देखेर स्कारपियोमा सवार अर्का व्यक्ति भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी भइरहेको जनाएको प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने बारेको विषय भने अनुसन्धानकै क्रममा रहेको जनाएको छ।्
नक्कली नोटको ओसारपसारमा प्रयोग भएको गाडी र सवारी चालक भारतीय भएकाले कारोबारीको संलग्नता सीमापारिबाट समेत हुनसक्ने विषयलाई भने नकार्न नसकिने प्रहरीको भनाइ छ। बरामद नक्कली नोट पुराना र नयाँ भण्डारणपश्चात् झोलामा हालेर गन्तव्यमा पुर्याउन खोजिएको प्रहरीले जनाएको छ।
उक्त नक्कली नोट इटहरीको बजारमा लैजान खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पक्राउ परेका व्यक्तिको हकमा म्याद थप गरी थप अनुसन्धानको प्रक्रिया जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
