केही पहाडी भेगमा छिटपुट वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

काठमाडाैँ– मंगलबार देशभरको माैसममा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तत्कालै धेरै वर्षाको सम्भावना भने नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।