प्रिमियर लिगमा चेल्सीसँग क्रिस्टल प्यालेस पराजित

क्रिस्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ गोल अन्तरले विजयी भएको हो।

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग क्रिस्टल प्यालेस पराजित भएको छ। क्रिस्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ गोल अन्तरले विजयी भएको हो।

क्रिस्टलले शुरूआति अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। खेलको ३०औँ मिनेटमा जेफर्सन लर्माले गोल गरेर पहिलो हाफ क्रिस्टलको पक्षमा बनाएका थिए। तर खेलको दोस्रो हाफलाई भने चेल्सीले आफ्नो नियन्त्रणमा लियो। ४७औँ मिनेटमा कोनर गल्लाघरले गोल गरेर बराबरीमा ल्याए। अतिरिक्त थपिएको समयमा उनैले अर्को गोल गरेर चेल्सीलाई अग्रता दिलाए। इन्जो फर्नान्डेजको अन्तिम गोलले चेल्सीलाई ३–१ को गोल अन्तरले विजयी बनायो।

अंक तालिकामा चेल्सी २४ खेलमा ३४ अंकसहित दशौँ स्थानमा छ भने क्रिस्टल प्यालेस समान खेलमा २४ अंकसहित तालिकाको पन्ध्रौँ स्थानमा छ। पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अंक छ।