वैदेशिक रोजगारीको प्रलोभन तथा खुला सिमानाका कारण नेपालीहरू बेचबिखनमा पर्ने गरेका छन्।
काठमाडाैँ– चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमध्ये ६७ जना पुरुष र २२ जना महिला छन्। सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन्।
यही अवधिमा देशभरबाट २३६ जनालाई उद्धार गरिएको ब्युरोले जनाएको छ। उद्धार गरिएकामध्ये १५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन्। ब्युरोका अनुसार सो अवधिमा १४९ जनालाई अभियोग लागेको छ।
वैदेशिक रोजगारीको प्रलोभन तथा खुला सिमानाका कारण नेपालीहरू बेचबिखनमा पर्ने गरेको नेपाल प्रहरीको भनाइ छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल मानव बेचबिखन रोक्न नेपाल प्रहरी कटिबद्ध रहेको बताउँछन्। उनी भन्छन्, “प्रत्येक वर्ष बालबालिका तथा युवायुवती समेत संसारका विभिन्न देशहरूमा बेचबिखन भइरहने घटनाहरुबाट नेपाल पनि अछुतो रहन सकेको छैन। यही तथ्य र संवेदनशीलतालाई मनन गरेर नेपाल प्रहरीले यस्ता अपराधको अनुसन्धानलाई विशेष जोड दिएको छ। अनुसन्धानलाई अझै प्रभावकारी बनाउन विद्यमान मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा समय सापेक्ष परिमार्जनको आवश्यकता महसुस गर्दै परिमार्जनको लागि पहल भैरहेको पनि छ।”
वि.सं २०७५ सालमा मानव बेचबिखन अनुसन्धान ब्यूरोको स्थापन भएको हो। ब्यूरो स्थापनापछि हाल सम्म जम्मा १ हजार ११८ जना पक्राउ परेका छन्। तीमध्ये ७८३ जना पुरुष र ३३५ जना महिला छन्। सो अवधिमा १ हजार ९१९ जनालाई अभियोग लागेको छ। सोही अवधिमा जम्मा ८९२ मुद्दा दर्ता भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
