पर्सा– ४ मा कांग्रेसका रिजाल विजयी

पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन्।

काठमाडौँ– पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन्।

एमाले उम्मेदवार जालिम मियाँ मन्सुरीलाई पराजित गर्दै रिजाल विजयी भएका हुन्। रिजालले ३१ हजार १४२ मत प्राप्त गर्दा मंसुरीले २५ हजार ६१९ मत पाए। 

प्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिने रिजाल २०७४ सालमा तत्कालीन जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए। पराजित मन्सुरी जगरनाथपुर गाउँपालिकाका निवर्तमान अध्यक्षमा निर्वाचित भएका थिए।