सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने सो रोग कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ।
कास्की– गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको संक्रमण पुनः देखिएको छ। सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ।
संक्रमण फैलिँदै जाँदा ठूला तथा साना बंगुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ। त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ। निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईं भट्टराईका अनुसार पछिल्लो संक्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल एक सय १२ बंगुरको मृत्यु भएको छ।
“अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको रोग हो। हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन,” महानिर्देशक भट्टराईले भने, “जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित भएका छौँ।”
गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक संक्रमण ‘आउटब्रेक’ भएको थियो। यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार ५५४ वटा बंगुर मरेको निर्देशनालयको तथ्यांक छ।
कास्की जिल्लामा मात्र १५ हजार ३८८ वटा बंगुरको मरेका छन्। निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले रोगका कारण किसानले ५० करोड रुपैयाँ हाराहारीमा क्षति व्यर्होनुपरेको बताए। “किसानले हामीलाई जानकारी गराएअनुसारको क्षतिको विवरण हो, यसभन्दा बढी पनि क्षति पुगेको हुनसक्छ,” श्रेष्ठले भने।
निर्देशनालयले रोग पुष्टि भएका क्षेत्रमा स्थलगत अध्ययन, थप निगरानीका कार्य, फार्मको निःसंक्रमण तथा विभिन्न माध्यमबाट रोगसम्बन्धी जनचेतनामूलक सामग्री प्रचारप्रसारको कार्य भइरहेको जनाएको छ। कास्कीमा यस वर्ष बंगुरको संख्या कम भएकाले मृत्यु संख्या कम देखिएको निर्देशनालयले जनाएको छ।
कास्कीमा अघिल्लो वर्ष करिब ५० हजार बंगुर थिए। अफ्रिकन स्वाइन फिभर देखिएपछि बंगुरको संख्या घटाउन आग्रह गरेपछि ब्गुरपालक किसानले ९० प्रतिशतसम्म बंगुरको संख्या घटाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए।
जिल्लामा हाल पाँच हजारको हाराहारीमा बंगुर रहेकाले मृत्यु संख्या पनि कम देखिएको उनको भनाइ छ। “अघिल्लोपटक पनि किसानलाई फार्ममा बंगुर घटाउनुहोस् भनेका थियौँ। तर किसानले एकैचोटी बेच्न समय कुर्दासमेत क्षति बढी भयो,” पाण्डेले भने, “अहिले संख्या नै कम भएकाले क्षतिको विवरणसमेत कम छ। ठूला फार्ममा निरन्तर झकझकाइरहेका छौँ।”
बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग रोगी सुँगुर, बंगुर, बँदेल, जंगली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाइ, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने बताइन्छ। पशु स्वास्थ्य अधिकृत सुरेश श्रेष्ठ रोगको संक्रमण हुँदा पशुमा उच्च ज्वरो आउने, शरीरमा नीलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिनेजस्ता लक्षण देखापर्ने बताउँछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
