मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ।
काठमाडौँ– रुबिना क्षेत्री अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। क्षेत्रीले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा माल्दिभ्सविरुद्धको दोस्रो खेलमा शतक प्रहार गरेकी हुन्।
यससँगै रुबिना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेकी छन्। यसअघि सन् २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै नेपाली महिला क्रिकेटरले बनाएको उच्च रन थियो।
रुबिनाको शतकप्रेरित नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको हो। क्वालालाम्पुरस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्कासहित अविजित ११८ रन् बनाइन्। पुजा महतोले ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै अविजित ५९ रन बनाइन्। त्यस्तै ओपनर कविता कुँवरले १३ र सीता रानामगरले १५ रनको योगदान गर्दा डोली भट्टले ६ रन बनाउँदै आउट भएकी थिइन्।
माल्दिभ्सका लागि साम्मी अलिले नेपालको तीन विकेट लिँदा नाबा विन्थु नसिमले एक विकेट लिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
