मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ।
काठमाडौँ– रेडियो नेपालले आजदेखि बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रशारण आरम्भ गरेको छ। विश्व रेडियो दिवसका अवसर पारेर रेडियो नेपालले आजदेखि उक्त भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुरू गरेको हो।
चौबिसै घन्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ। मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ।
पछिल्लो जनगणनाअनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको संख्या करिब ११ लाख ३३ हजार रहेको छ। मधेस प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रूपमा बज्जिका रहेको छ। बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटौँ स्थानमा छ।
उक्त भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताए।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भाषा, विषयवस्तु र जनशक्तिमा समावेशी सञ्चारमाध्यमको नमूनाका रूपमा रेडियो नेपाल रहेको बताए।
तीन वटा प्रसारण केन्द्रसहित हाल सातवटै प्रदेमा प्रादेशिक प्रसारण कार्यालय र ३२ एफएम रिले स्टेसनबाट रेडियो नेपालले देशभर प्रसारण सेवा विस्तार गरेको छ।
रेडियो नेपाल ९३ प्रतिशत जनताको पुहँचमा पुगेको कार्यकारी निर्देशक केसीले जानकारी दिए। रेडियो नेपालको पहुँच शतप्रतिशत भूभाग र नागरिकमाझ पुर्याउने लक्ष्यका साथ काम भइरहेको रेडियो नेपालले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
