बाँके–२ मा राप्रपाका धवलशमशेर विजयी

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन्।

काठमाडौँ– बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गर्दै जबरा विजयी भएका हुन्। बुधबार बिहान सम्पन्न मतगणनामा जबराले २९ हजार ५७७ मत ल्याए।

उनका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। कांग्रेसका सुदीपनरसिंह राणा ४ हजार ४०३ मतसहित तेस्राे भएका छन्।